

पाल्पामा मलेरियाका बिरामी फेला


पाल्पा । सन् २०२५ भित्र मलेरिया निवारण गर्ने सरकारको कार्यक्रम चलिरहेका बेला पाल्पाको पूर्वखोला गाउँपालिका–३ रिङनेरहमा मलेरिया पोजिटिभ बिरामी फेला परेका छन् ।
पूर्वखोलाको कक्षा ८ मा पढ्ने १५ वर्षीय किशोरमा देखिएको मलेरिया पोजिटिभ बाहिरबाट आएको संक्रमण नभइ गाउँमै लामखुट्टेको टोकाइबाट भएको हो । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो सात वर्षयता स्थानीयस्तरमा लामखुट्टेको टोकाइबाट मलेरिया पोजिटिभ देखिएको थिएन । ‘भारत लगायत तेस्रो मुलुकबाट आउने बिरामीमा भेटिने गरेको थियो,’ स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराईले भने, ‘तर स्थानीयस्तरमै देखिएको केस यो धेरै वर्षपछिको पहिलो हो ।’
संक्रमित किशोरले १७ दिनसम्म औषधि खानुपर्ने हुन्छ । किशोरको अवस्थामा भने सुधार भइरहेको पूर्वखोला स्वास्थ्य चौकीका प्रमुख श्रीराज आचार्यले बताए । पूर्वखोलामा देखिएको मलेरिया पोजिटिभ अन्तबाट सरेर आएको नभइ गाउँमै लामखुट्टेले टोकेर देखिएको पुष्टि भएको उनले बताए ।
संक्रमित किशोरलाई ज्वरो आएको र स्थानीय स्वास्थ्य चौकीमा आरडीटी गर्दा पोजिटिभ देखिएको थियो । पूर्वखोला स्वास्थ्य शाखा प्रमुख मोहन ढकालका अनुसार गाउँका ५० घर वरपरका ९८ जनामा आरडीटी जाँच गरिएको छ । उनका अनुसार एक–दुई दिनमै भेक्टर सर्भिलेन्स गरिनेछ । आयातित मलेरिया भने गत वर्ष ६ जना र यो वर्ष दुई जनामा देखिइसकेको छ । गत वर्ष रामपुर नगरपालिका–१० गेझाका दुई, तानसेनका दुई र माथागढीका दुई जनामा मलेरिया देखिएको थियो ।
तानसेनको मदनपोखरा र असनटोल, माथागढीको हात्तीलुङ र कसेनीमा देखिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताए । यो वर्ष कसेनीमा दोहो¥याएर देखिएको छ । अर्को एक जना माथागढीकै हात्तीलुङका हुन् ।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया