

साफ यू–१९ च्याम्पियनशिप : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा



काठमाण्डौ । माल्दिभ्सलाई हराउँदै नेपाल १९ वर्षमुनिको (यू–१९) साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
आज सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलले हरायो । नेपालका लागि समिर तामाङले २ तथा प्रशान्त लक्सम र निराजन धामीले १÷१ गोल गरे । माल्दिभ्सका लागि आदम रशिदले गोल गरे ।
नेपाल २ खेलमा ३ अङ्कसहित समूह ’ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले सेमिफाइनलमा समूह ’बी’ को विजेतासँग खेल्नेछ । आजै बेलुकी साढे ५ बजे दशरथ रङ्गशालामा हुने भारत र भुटानबीचको खेलबाट समूह ’बी’ को विजेताको टुङ्गो लाग्नेछ । नेपाल रहेको समूहबाट पाकिस्तान २ खेलमा ४ अङ्कका शीर्ष स्थानमा रहँदै यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० गोलले पराजित भएको थियो ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया