

बर्दिया निकुञ्जमा खुल्यो जंगल ड्राईभ र जंगल वाक



बर्दिया,कात्तिक २ ।
कोरोना महामारीका कारण बर्दिया राष्ट्रिय निकुञ्जमा लामो समयदेखि बन्द रहेको पर्यटन गतिविधीलाई खुला गरिएको छ । कार्तिक १ गतेदेखि पर्यटकहरुका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल ड्राईभ र जंगल वाक खुला गरिएको बर्दिया राष्टिय निकुञ्ज प्रशासनले जनाएको छ ।

कोरोना महामारीका कारण २०७६ चैत ७ गतेदेखि निकुञ्जमा पर्यटन गतिविधी पूर्णरुपमा बन्द गरिएको थियो । पहिलो चरण पर्यटकका लागि जंगल वाक र जंगल ड्राईभ मात्र खुला गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत महेश्वरप्रसाद निरौलाले जानकारी दिए । हात्ती सफारी, र्याफटिङ्ग, जंगल क्याम्प भने अझै खुला गरिएको छैन ।
आंशिकरुपमा पर्यटन गतिविधी सुचारु गरिए पनि निकुञ्ज घुम्न आउनेले निकुञ्जले निर्धारण गरेको शर्तहरु पालना गर्नु पर्ने निकुञ्ज प्रशासनले जनाएको छ । यो अवधीमा निकुञ्ज घुम्न आउने पर्यटकले नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्नु पर्ने छ । निकुञ्ज प्रवेश गर्दा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्नु पर्ने छ । पर्यटकहरुले एक आपसमा अनिवार्य भौतिक दुरी कायम गर्नु पर्ने निकुञ्ज प्रशासनले जनाएको छ ।
जंगल सफारी वा जंगल वाकमा जाँदा नेचर गाइड साथमा हनु पर्ने, जंगल ड्राईभका लागि सवारी साधनको क्षमताको बढीमा ६० प्रतिशत मात्र पर्यटक राख्न पाइने, जंगल वाकको लागि एक पटकमा गाइडसहित ४ जना मात्र पर्यटन प्रवेश गर्ने पाइने र निकुञ्ज कार्यालयले तोकेको रुटमा मात्र जंगल ड्राईभ र जंगल वाक गर्न पाइने निकुञ्ज प्रशासनले जनाएको छ । यसका साथै बर्दिया राष्टिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका लागि पर्यटकिय गतिविधी संचालन आचारसंहिता २०७६ पूर्णरुपमा पालना गर्ने पर्ने बताइएको छ ।
यो अवधीमा निकुञ्ज घुम्न आउने पर्यटकले नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्नु पर्ने छ । निकुञ्ज प्रवेश गर्दा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्नु पर्ने छ । पर्यटकहरुले एक आपसमा अनिवार्य भौतिक दुरी कायम गर्नु पर्ने निकुञ्ज प्रशासनले जनाएको छ ।
आजको राजाधानी दैनिकमा खवर ।


खबर सबै
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
शिक्षा मन्त्रालयका लागि सरकारले छुट्यायो २ खर्ब १८ करोड बजेट
-
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट बिनियाेजन
-
सडक पूर्वाधारका लागि ३७ अर्ब ४६ करोड विनियोजन











प्रतिक्रिया