

दोस्रो मोतिपुर फुलबारी कप फुटबल असोज २० देखि



राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा दोस्रो मोतिपुर फुलबारी कप फुटबल आयोजनाको तयारी गरिएको छ । विजया दशमी तथा दिपावलीको अवसरमा मोतिपुर प्रगतिशिल युवा क्लवले दोस्रो मोतिपुर फुलबारी कप २०८० आयोजना गर्ने भएको हो ।
गत वर्ष प्रथम कप आयोजना गरेको यस युवा क्लवले यसवर्ष त्यसैको निरन्तरता स्वरुप दोस्रो कप आयोजना गर्न लागेको क्लवका अध्यक्ष शंकर प्रसाद न्यौपानेले ई सझाकुरालाई जानकारी दिनुभयो ।
यही असोज २० गते देखि बाणगंगा नगरपालिका वडा नम्बर ७ स्थित मोतिपुर फुटबल मैदानमा आयोजना गरिने उक्त प्रतियोगिताको तयारी तिव्र बनाइएको छ । प्रतियोगितामा सहभागि हुने टिम वा क्लवले यही असोज १८ गते सम्म आफ्नो टिम दर्ता गर्न आह्वान गरिएको छ । टिम दर्ताकालागि प्रति टिम ५ हजार १ सय रुपैँया शुल्क लाग्ने छ ।
खेल खेलौ, स्वस्थ रहौँ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा प्रथम हुने टिमले नगद ८१ हजार १ सय ११ रुपैँया सहित मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ भने द्धितीय हुने टिमले नगद ३५ हजार १ सय ११ रुपैँया सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवले जनाएको छ ।



खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया