

रोयल पिपरालाई हराउँदै कपिलवस्तु जेसीज विजयी

राधा पाण्डे, कपिलवस्तु । वडा स्तरीय युवा क्लब पिपराको आयोजनामा भएको फुटबल प्रतियोगितामा कपिलवस्तु जेसीज बिजयी भएको छ । रोयल पिपरा र कपिलवस्तु जेसीज बिच भएको फाइनल खेलमा रोयल पिपरालाइ २र१ गोलले पछि पार्दै कपिलवस्तु जेसीज विजयी भएको हो ।
यहि भाद्र २८ गतेबाट सुरु भएको खेलमा नौ वटा टिमको सहभागीता रहेको थियो । फाइभ ए साइड ३० वर्ष भन्दा माथिका भेट्रान्सहरुको सहभागिता रहेको खेल ३ दिनसम्म चलेको थियो । लायन्स क्लब कपिलवस्तुलाई हराउँदै फाइनलमा प्रवेश गरेको जेसीजले प्रोफेसनल खेलाडिहरुको टिम रहेको रोयल पिपरालाइ समेत हराउँदै प्रथम स्थान हासिल गरेको कपिलवस्तु जेसीज वर्ष २०२३ का तालिम संयोजक जेसी जनक बेल्बासेले जानकारी दिनु भयो ।
प्रथम र द्वितीय स्थान हासिल गरेका कपिलवस्तु जेसीज र रोयल पिपराले नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् । प्रतियोगिता निकै रोचक रहेको दर्शकहरुले जानकारी दिएका छन् ।
कपिलवस्तु जेसीज समाजका हरेक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल एउटा सामाजिक संस्था हो ।


खबर सबै
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया