

दुई महिनामा दुई ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै क्रिकेट नेपाल



काठमाडौं :
नेपाली राष्ट्रिय क्रिकेट टिम एसिया कप २०२३ खेलेर बुधबार स्वदेश फर्किएको छ।
एकदिवसीय फर्म्याटको एसिया कपमा नेपालले क्रिकेटका शक्ति राष्ट्रद्वय भारत र पाकिस्तानसँग खेल्यो। दुवै टिमसँग हारे पनि नेपालले निडर प्रदर्शन गरेको भन्दै अहिले प्रशंसा भइरहेको छ।
नेपालले अबको दुई महिनामा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ। ती दुवै प्रतियोगिता टी-२० फर्म्याटमा सञ्चालन हुँदैछन्।
असोजमा चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा नेपाली क्रिकेट टिमले भाग लिँदैछ।
एसियाली खेलकुदको क्रिकेटतर्फको प्रतिस्पर्धा असोज १० देखि सुरू हुँदैछ। प्रतियोगिताको पुरुषतर्फ नेपाल समूह ‘बी’ मा परेको छ। समूहमा नेपालसँगै जापान र मंगोलिया छन्।
समूह विजेता बने नेपाल क्वार्टरफाइनल पुग्नेछ। क्वार्टरफाइनलमा चार टिमले स्थान पक्का गरिसकेका छन्।
टेस्ट राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशलाई सिधा अन्तिम आठमा स्थान दिइएको हो। चारै टिमले एसियाली खेलकुदका लागि सिनियर टिमलाई पठाउनेछैनन्।
भारतले आइपिएल खेलेका रुतुराज गायकवाडलाई कप्तान बनाएको छ भने आइपिएलमा चलेका युवा खेलाडीलाई समेटेर एसियाली खेलकुदमा टिम पठाउँदैछ।
एसियाली खेलकुदमा समूह विजेता बनेको अवस्थामा नेपालले उल्लेखित चार मध्ये एक टिमसँग अन्तिम आठमा भिड्नेछ।
अन्तिम आठमा जित हात पारेको अवस्थामा नेपालको क्रिकेटबाट एसियाली खेलकुदमा पहिलोपटक पदक जित्ने सम्भावना हुनेछ। सेमिफाइनलमा जित हात पारे रजत पदक पक्का हुनेछ भने हार बेहोरेमा कास्यका लागि खेल्ने अवसर प्राप्त हुनेछ।
असोजमा एसियाली खेलकुद खेलेपछि नेपालले कात्तिकमा अर्को महत्वपूर्ण प्रतियोगिता खेल्दैछ। कात्तिक १३ देखि नेपालले घरेलु मैदानमा आइसिसी टी-२० विश्वकप २०२४ को एसिया छनोट खेल्दैछ।
छनोटमा नेपालसँगै युएई, ओमान, हङकङ, सिंगापुर, बहराइन, साउदी अरेबिया र मेलसिया भिड्दैछन्।
यसपटकदेखि क्षेत्रीय छनोटबाटै टी-२० विश्वकपका लागि सिधा छनोट हुने प्रावधान छ। यो छनोटको शीर्ष दुईमा पर्ने टिमहरू अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुनेछन्।
नेपाल घरेलु मैदानमा आठ टिम मध्ये शीर्ष दुईमा परे १० वर्षपछि टी-२० विश्वकप खेल्नेछ।
नेपालले पहिलो पटक २०१४ मा टी-२० विश्वकप खेलेको थियो। त्यसयता नेपाल विश्व छनोटमा असफल हुँदै आएको छ। यसपटक घरेलु मैदानमा राम्रो प्रदर्शन गरे नेपालले १० वर्षपछि विश्वकप खेल्ने अवसर पाउनेछ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया