

नेपाललाई भुटानको झिनो लक्ष्य



काठमाडौं :
भुटानले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई ४० रनको झिनो लक्ष्य दिएको छ । मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रन बनायो । भुटानकी कप्तान डेचेन वांग्मोले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रन बनाइन् ।
नेपालविरुद्ध खेलमा भुटानले एकमात्रै चौका हानेको थियो । ७३ बलपछि पहिलो चौका हानेको थियो । स्पिनर कविता जोशीलाई भुटानकी डेचेनले १३ औं ओभरको दोस्रो बलमा चौका हानेकी थिइन् ।
तीव्र गतिकी बलर कविता कुँवरले पहिलो बलमै ओपनर न्गवागं चोडेनलाई शून्यमा बोल्ड आउट गरेकी थिइन् । अर्की ओपनर कर्मा डेमा २७ बलमा १ रन बनाउँदै आउट भइन् । उनी स्पिनर खुशी डंगोलको बलमा आउट भएकी थिइन् ।
नेपालकी तीव्र गतिकी बलर पुजा महतोले ३ ओभरमा ६ रन खर्चेर ३ विकेट लिइन् । कप्तान रुविना क्षेत्री बेलबासेले ४ ओभरमा २ मेडनसहित ६ रन खर्चेर १ विकेट लिइन् । खुशी डंगोलले २ ओभरमा ५ रन खर्चेर १ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा २ मेडनसहित ७ रन खर्चेर १ विकेट लिइन् ।
नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । नेपालले बहराइनलाई ३१ रनमा अल आउट गर्दा २।५ ओभरमै पूरा गरेको थियो । भुटान पहिलो खेलमा युएईसँग ९ विकेटले पराजित भएको थियो । बहराइनलाई ८ विकेटले हराएको थियो ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया