

नेपालले पहिलो पटक रिभ्यु लिन पाउने



काठमाडौं
नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक रिभ्यु लिन पाउने भएको छ । एसिया कपमा भारत र पाकिस्तानसँग खेल्दा यदि अम्पायरको निर्णयमा यदि चित्त नबुझे नेपालका कप्तान रोहित पौडेल र ब्याटरले रिभ्यु लिन पाउनेछन् ।
बुधबारदेखी (आज) पाकिस्तान र श्रीलंकामा हुने एसिया कपमा डिआरएस (डिसिजन रिभ्यु सिस्टम) उपलब्ध हुनेछ । ओडिआईमा हरेक टोलीलाई इनिङमा दुई रिभ्यु दिइनेछ । अम्पायरको निर्णय आफूलाई गलत लागेको खण्डमा १५ सेकेन्ड भित्र रिभ्यु लिइसक्नु पर्ने हुन्छ ।
१५ सेकेन्ड पछि भने रिभ्यु लिन पाइदैन । यदि कप्तानको रिभ्यु लिने निर्णय सहि भएमा उक्त रिभ्यु बच्छ । तर रिभ्यु गलत सावित भएका काटिने गर्दछ । फिल्डिङमा कप्तानले रिभ्यु लिनु पर्ने हुन्छ । ब्याटिङमा जुन ब्याटरलाई आउट दिएको हो त्यसैले लिनुपर्ने हुन्छ ।
नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक रिभ्यु लिन पाउनेछ । अम्पायरको गलत निर्णयको सामना गर्नुपर्ने छैन । थुप्रै पटक नेपाली खेलाडी अम्पायरको गलत निर्णयको शिकार बन्दै आएका छन् । नेपाल मात्रै होइन एसोसिएट क्रिकेटमा रिभ्यु नहुँदा ठूलो मारमा पर्दै आएका छन् ।
२०१८ मा ओडिआईमा डेब्यू गरेको नेपालले हालसम्म ५७ खेल खेलेको छ । ५७ ओडिआई खेलमा ३० मा जित, २५ मा हार, १ मा जित र १ मा नजिता विहीन अवस्था छ । नेपालले हालसम्म कुनैपनि प्रतियोगिता र खेल रिभ्यु भएको खेलेको छैन ।
रिभ्यु लिने प्रविधि प्रयोग गर्न निकै महँगो हुने हुँदा एसोसिएट टोलीले त्यो सुविधा पाउन सकेका छैनन् । तर एसिया कपमा भने त्यो सुविधा हुनेछ । पहिलो पटक नेपाली खेलाडी र ब्याटरसँग रिभ्यु उपलब्ध हुनेछ ।
नेपालले बुधबार पाकिस्तानसँग मुल्तान रंगाशालमा दिउँसो ३:१५ मा खेल्नेछ । भारतसँग भदौ १८ मा कान्डीमा खेल्नेछ । नेपालले पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया