

सन्दीप एसिया कप खेल्न भोलि पाकिस्तान जाने



काठमाडौं
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न भोलि सोमबार पाकिस्तान जाने भएका छन् ।
जिल्ला अदालत काठमाडौंमा विचारधीन रहेको उनीमाथिको बलात्कार आरोपको मुद्दा आइतबार हेर्न नभ्याइएका कारण उनको पेशी भदौ २१ गतेलाई सरेको छ ।
पेशी सरेपछि सन्दीप भोलि नै एसिया कपका लागि पाकिस्तान उड्ने सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिएका हुन् ।
‘उहाँ भोलि बिहान नै पाकिस्तान जाने भन्ने कुरा भएको छ । टिकटको कुरा क्यानबाट कनफर्म हुन बाँकी छ,’ उनले भने ।
नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि सन्दीप संभवत भोलि पाकिस्तान जाने बताए ।
नेपालको बाँकी टिम भने भदौ ५ गते नै पाकिस्तान गइसकेको छ । र नेपालले त्यहाँ अभ्यास गरिरहेको छ ।
नेपालले एसिया कपमा समूह चरणमा पाकिस्तान र भारतसँग खेल्नेछ ।
नेपालले एसिया कपको पहिलो खेल पकिस्तानसँग अगष्ट ३०(भदौ १३) मा मुल्तानमा खेल्नेछ । नेपालले भारतसँगको खेल भने सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया