

आज एएफसी कप प्रारम्भिक छनोट चरणमा मछिन्द्र र भारतको मोहन बगानबीचको खेल


काठमाण्डौ
‘ए’ डिभिजन क्लब मछिन्द्र एफसीले एएफसी कप छनोट अन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा आज इन्डियन सुपर लिग (आईएसएल) क्लब मोहन बगानसँग खेल्दैछ ।
खेल कोलकताको साल्टलेक स्टेडियममा नेपाली समय अनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ ।
प्रारम्भिक चरणमा घरेलु मैदानमा भुटानी क्लब पारो एफसीलाई पराजित गरेको मछिन्द्रले मोहन बगानलाई हराउन सकेमा प्लेअफमा पुग्ने छ ।
यो खेल जित्ने टोलीले बंगलादेशको ढाका अवामी वा माल्दिभ्सको क्लब इगल मध्ये एक टोलीसँग प्ले अफ खेल्ने छ ।
दक्षिण एसियाली क्षेत्रको प्लेअफ जित्ने एक टोली एएफसी कपको समूह चरणमा पुग्नेछ ।
समूह चरणका खेलमा हरेक टोलीले ‘होम एण्ड अवे’ को आधारमा खेल्नेछ ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया