

आजकै दिन : नाइटिंगलको मृत्यु





काठमाडौँ
सन् १९१० मा आजकै दिन (अगस्ट १३) मा फ्लोरेन्स नाइटिंगलको मृत्यु भएको थियो । नर्सिङ व्यवस्थालाई सुधार्न आफ्नो जीवन समर्पण गरेकी फ्लोरेन्सलाई आधुनिक नर्सिङकी जन्मदाता मानिन्छ ।
उनको जन्म १८२० मे १२ मा इटलीमा भएको थियो । फ्लोरेन्सका आफ्ना बुबाआमाको चाहनाविपरीत मानिसहरूको सेवाका लागि नर्स बनेकी थिइन् ।
सुरुमा आफ्नी बिरामी हजुरआमाको स्याहारसुसारमा खटिएपछि सेवामा लाग्ने उद्देश्य लिएकी उनले नर्सिङ पढाइ सुरु गरेकी थिइन् । खासगरी क्राइमिया युद्धको समयमा घाइतेहरूको सेवाका लागि फ्लोरेन्स रातदिन खटिएकी थिइन् । युद्धका बेला उनी घाइते सैनिकहरूको सेवाका लागि भनेर ३८ जना नर्सको टोलीसहित टर्की गएकी थिइन् ।
त्यतिबेला उनले मैनबत्ती बालेर भए पनि घाइते सैनिकको सेवा गर्थिन् । जसका कारण ब्रिटिस सरकारले उनलाई ‘लेडी विथ द ल्याम्प’ उपाधिबाट सम्मान गरेको थियो । त्यसका साथै उनी ‘रोयल रेडक्रस’ बाट पनि सम्मानित भएकी थिइन् ।


खबर सबै
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
भैरहवाको रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ











प्रतिक्रिया