

सवारीसाधन कारवाहीबाट ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले उठायाे १ करोड ७७ लाख बढी राजश्व





कपिलवस्तु । ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई गरिएको कारबाहीबाट कपिलवस्तु स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु १ करोड ७७ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई गरिएको कारबाहीमा ट्राफिक प्रहरीले उक्त राजस्व सङ्कलन गरेको हो ।
गत आर्थिक वर्षमा मा ट्राफिक नियम उल्लङ्घन गर्ने २५ हजार आठ सय ५२ सवारीसाधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएकाे छ ।
जिल्लामा ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनमध्ये सबैभन्दा बढी ट्रक र दोस्रो नम्बरमा मोटरसाइकल रहेका छन । १३ हजार एक सय ३७ ट्रक कारबाही पर्दा ९९ लाख ३१ हजार ५०० राजस्व सङ्कलन भएको छ ।
यसैगरी एक हजार पाँच सय ८६ बसबाट ९ लाख ४ हजार ५ सय रुपियाँ, चार हजार ९ सय ५४ जिप-कारबाट २८ लाख २१ हजार ५ सय रुपियाँ राजस्व सङ्कलन गरिएको छ । चार हजार ९ सय ५४ मोटरसाइकलबाट ३२ लाख ११ हजार ५ सय रुपियाँ र एक सय ६१ ट्याक्टर-टेम्पोबाट ८ लाख ४२ हजार राजस्व सङ्कलन गरिएको कार्यालय प्रमुख योगेन्द्र तिमिल्सेनाले बताउनुभयो ।
कपिलवस्तुमा गत आर्थिक वर्षमा भएक एक सय ९ दुर्घटनामा ५५ जनाले ज्यान गुमाएका छन् ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया