सवारीसाधन कारवाहीबाट ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले उठायाे १ करोड ७७ लाख बढी राजश्व

कपिलवस्तु ।  ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई गरिएको कारबाहीबाट कपिलवस्तु स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु १ करोड ७७ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई गरिएको कारबाहीमा ट्राफिक प्रहरीले उक्त राजस्व सङ्कलन गरेको हो ।

गत आर्थिक वर्षमा मा ट्राफिक नियम उल्लङ्घन गर्ने २५ हजार आठ सय ५२ सवारीसाधनलाई कारबाही गरिएको  जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएकाे छ ।

जिल्लामा ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनमध्ये सबैभन्दा बढी ट्रक र दोस्रो नम्बरमा मोटरसाइकल रहेका छन । १३ हजार एक सय ३७ ट्रक कारबाही पर्दा ९९ लाख ३१ हजार ५०० राजस्व सङ्कलन भएको छ ।

यसैगरी एक हजार पाँच सय ८६ बसबाट ९ लाख ४ हजार ५ सय रुपियाँ, चार हजार ९ सय ५४ जिप-कारबाट २८ लाख २१ हजार ५ सय रुपियाँ राजस्व सङ्कलन गरिएको छ ।   चार हजार ९ सय ५४ मोटरसाइकलबाट ३२ लाख ११ हजार ५ सय रुपियाँ र एक सय ६१ ट्याक्टर-टेम्पोबाट ८ लाख ४२ हजार राजस्व सङ्कलन गरिएको कार्यालय प्रमुख योगेन्द्र तिमिल्सेनाले बताउनुभयो ।

कपिलवस्तुमा गत आर्थिक वर्षमा  भएक एक सय ९ दुर्घटनामा ५५ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

खबर सबै