

फिफा महिला विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदै


काठमाण्डाै
फिफा महिला विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।
आज हुने पहिलो खेलमा समूह ‘ई’ को अमेरिका र भियतनामबीच अहिले बिहान पौने ७ बजे खेल हुनेछ । त्यस्तै समूह ‘सी’ को जापान र जाम्बिया दिउँसो पौने १ बजे र समूह ‘डी’ को इंग्ल्याण्ड र हैटीबिच दिउँसो सवा ३ बजे खेल हुनेछ ।
महिला विश्वकपमा हिजो भएको खेलमा स्पेन र स्विजरल्याण्ड विजयी हुँदा नाइजेरिया र क्यानडाले गोलरहित बराबरी खेलेका छन् । अस्तिदेखि सुरु भएको महिला विश्वकप फुटबल आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ । विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछन् ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया