

सिद्धबाबा मन्दिरको कारोवार अब डिजिटल प्रणालीबाट गरिने



बुटवल । पाल्पाको तिनाउ गाउँपालिका वडा नं.३ मा रहेको सिद्धबाबा मन्दिर विकास समितिले अब सवै आर्थिक कारोबार डिजिटल प्रणालीबाट गर्न सुरु गरेको छ । नयाँ आर्थिक बर्ष सुरु भए संगै मन्दिरले सोमबार देखि सवै कारोबार डिजिटल प्रणालीबाट गर्न सुरु गरेको हो ।
केही दिन अघि बुटवल–३ मा रहेको सिद्धबाबा धाममा आर्थिक हिनाविना भएको घटना सार्वजनिक भएसंगै पाल्पाको सिद्धबाबा मन्दिरले आर्थिक कारोबार डिजिटल माध्यमबाट गर्न सुरु गरेको हो ।
सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष सन्तोष कुमार शेरचनले मन्दिर हुने १५ वटा विभिन्न शिर्षकको कारोबार अव डिजिटल माध्यमबाट गरिने बताए ।सुरुवातको समयमा एउटा कम्प्युटरबाट यो सेवा दिन थालेको भन्दै अध्यक्ष शेरचनले केही महिनामै दुई वटा कम्प्युटरबाट डिजिटल भुक्तानी रसिद भक्तजनलाई दिने बताए ।
१ लाख ५० हजार खर्च गरेर डिजिटल भुक्तानी सुरु गरेको भन्दै उनले मन्दिरमा बढि भिडभाड हुने समयमा भक्तजनलाई केही असहजता हुने भएपनि समग्र आर्थिक पारदर्शीताका लागि यो काम अगाडि बढाइएको बताए ।
‘हामीले परेवा, सवारी, विवाह, बर्तबन्ध, ग्रहशान्ती, सहयोग, सटरभाडा, विजुली, रुद्री, लघु रुद्री लगाएतका विभिन्न शिर्षकमा लाग्ने रकम डिजिटल भुक्तानी मार्फत लिन्छौ ।’ उनले भने ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया