

इमर्जिङ टिम्स एसिया कप : नेपाल आज बलियो पाकिस्तानसँग भिड्दै


काठमाडौं
एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’ अन्तर्गत यस खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा बिहान सवा १० बजे सुरु हुनेछ ।
रोहित पौडेलको कप्तानीमा नेपाल मैदान उत्रँदा पाकिस्तानको कप्तानी सिनियर टोलीबाट खेलिसकेका मोहम्मद हरिसले गर्नेछन् । पाकिस्तानको ‘ए’ टोली भएपनि त्यसमा सिनियर टोलीबाट अनुभव बटुलिसकेका खेलाडीहरु छन् ।
कप्तान हरिसले पाकिस्तानका लागि ५ ओडिआई र ९ टी-२०आई खेलिसकेका छन् । अनुभवी पाकिस्तान विरुद्ध नेपालले आफ्नो परीक्षण गर्नेछ । इमर्जिङ कपको साविक विजेता पाकिस्तान ‘ए’ पहिलो खेल जित्दै विजयी सुरुवात गर्ने लक्ष्यमा छ ।
२०१९ मा उपाधि जित्दाका अमद बट र ओमाइर युसुफ अहिले पनि पाकिस्तान ‘ए’ मा छन् । यस्तै सिनियर टिमबाट खेलिसकेका कमरान घुलाम, मोहमम्द वासिम जुनियर, सइम अयुब, शाहनावज दाहनी र तय्याब ताहिर पनि पाकिस्तान ए टिममा छन् ।
प्रतियोगिता खेल्न जानुअघि नेपालका कप्तान रोहित पौडेलले पाकिस्तानको टोलीमा अनुभवी खेलाडी रहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताएका थिए । श्रीलंका पुगेपछि रोहितले नेपाली खेलाडीका लागि यो प्रतियोगितामा राम्रो अवसर भएको भन्दै हरेक खेल खेल्दा जितको मानसिकतासहित खेल्ने पनि बताएका छन् ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया