

अर्घाखाँचीमा ट्रक र टिपरलाई अब ’टाइम कार्ड’ लागु हुने





कपिलवस्तु । अर्घाखाँचीको नरपानी देखि कपिलवस्तुको पथ्थरकोट सम्मको मुख्य सडक खण्डमा संचालन हुने टिपर र ट्रकलाई साउन १ गते देखि लागु हुने गरी टाइमकार्ड लागु गरिने भएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको अध्यक्षतामा बसेको बैठकले भारवाहन ट्रक तथा टिपरको हकमा नरपानी–ठाडा पथ्थरकोट रुटमा एकतर्फी रुपमा न्युनतम ४ घण्टा र अधिकतम गति प्रतिघण्टा २० कि.मी समय निर्धारण गरेको छ । प्रमूख जिल्ला अधिकारी ढकालका अनुसार सडक दुर्घटना पनि न्युनिकरण गर्न सकिने र भारवाहन साधनको गति नियन्त्रण पनि हुने भएकाले टाइमकार्ड लागु गर्न लागिएको बताउनुभयो ।
गोरुसिँगे– सन्धिखर्क सडक खण्डको नरपानीदेखि पत्थरकोटसम्मको दुरी ३८ किलोमिटर रहेको छ । अब यो दुरीमा संचालन हुने भारवाहन तथा खाली ट्रक र टिपरका लागि साउन १ गतेदेखि टाइम कार्ड लागू हुने छ । तीव्र गतिमा ट्रक र टिपर गुड्ने हुँदा सवारी असुरक्षा हुने भन्दै दुर्घटना न्युनिकरण गर्न टाइम कार्ड लागू गर्न लागिएको प्रमूख जिल्ला अधिकारी ढकालले बताउनुभयो । खासगरी नरपानीबाट चुन ढुङ्गा बोक्ने टिपर र ट्रकको ओभर स्पिडले दुर्घटना जोखिम बढाएका कारण यो व्यवस्था गरिएको जनाइएको छ ।
ट्रक र टिपर खाली भए यो दुरी 0२ः३० मिनेटमा पार गर्न पाउने छन् । भारवाहन भएमा ४ घण्टामा मात्रै एकतर्फी संचालनको अनुमिति दिइएको छ । यस्तै ट्रक तथा टिपरले अधिकतम १० टनभन्दा बढी भार बोक्न नपाइने पनि जनाइएको छ ।
टाइम कार्ड पालना नगर्ने ट्रक तथा टिपरलाई कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताउनुभएको छ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया