

११ महिनामा नेपालमा भित्रियो ११ खर्ब भन्दा बढी रेमिट्यान्स



काठमाण्डाै : चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आज साेमवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको ११ महिनासम्म रेमिट्यान्स आप्रवाहमा २२ दशमलव सात प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह चार दशमलव एक प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३ प्रतिशतले वृद्धि भई आठ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह एक दशमलव आठ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ४६ दशमलव छ प्रतिशतले वृद्धि भई चार लाख ५९ हजार चार १५ पुगेको छ ।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा शून्य दशमलव पाँच प्रतिशतले वृद्धि भई दुई लाख ६० हजार दुई सय ६२ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो सङ्ख्या दुई सय आठ दशमलव तीन प्रतिशतले बढेको थियो ।
केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर २१ दशमलव नौ प्रतिशतले वृद्धि भई १२ खर्ब २९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो ट्रान्सफर तीन दशमलव आठ प्रतिशतले बढेको थियो ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया