

आउँदो दुई शनिवार बैंक खोल्न राष्ट्र बैंकको परिपत्र



काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई असार २३ र ३० गते शनिवारका दिन सेवा बन्द नगर्न परिपत्र गरेको छ । चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिवार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले परिपत्र गरेको हो ।
‘असार २३ र ३० गते बिदाका दिनसमेत राति ८ बजेसम्म र असार ३१ गते बेलुका ७ बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंक, चेक क्लियरिङ एवम् विद्युतीय ट्रान्सफरको फन्ड सेटलमेन्ट गर्ने अन्य बैंक तथा वित्तीय संस्था साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गनुपर्नेछ’, राष्ट्र बैंकले आज शुक्रवार जारी गरेको सूचनामा भनिएको छ ।
अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयको अनुरोधपछि यस्तो निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’







प्रतिक्रिया