

पहिरोले अबरुद्ध गोरुसिँगे–सन्धिखर्क सडक पुन संचालन





कपिलवस्तु । लगातारको वर्षाका कारण गोरुसिँगे–सन्धिखर्क सडक खण्डका ठाउँठाउँमा खसकेको पहिरो पन्छाएपछि दिउसोदेखि पुनः यातायताका साधन संचालनमा आएका छन् । केही दिन यता परिरहेको वर्षाका कारण यो सडक खण्डका विभिन्न स्थानमा पहिरो जाने क्रम नरोकिएको प्रहरीले जनाएको छ ।
अर्घाखाँची सडक खण्डको घुम्ती नरपानी, जगत , दहखोला र भुवनपाटा आसपासका क्षेत्रमा लगातारजसो पहिरो गएपछि सडक अवरुद्ध भएको हो । आज सन्धिखर्कबाट बिहान काठमाडौं र बुटवलका लागि हिँडेका यात्रु पहिरो खसेर सडक बन्द भएपछि अलपत्र परेका थिए ।
मंगलबार बेलुकासम्म गाडी चलेपनि रातभरि परेको अविरल वर्षाले पहिरो गएर सडक पुरेपछि बुधबार बिहानैदेखि सवारीसाधन चल्न सकेका थिएनन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक डिएसपी मुकुन्द प्रसाद रिजालका अनुसार दिनभर अबरुद्ध सडकको पहिरो पन्छाएपछि अहिले भने यातायतता संचालनमा आएको छ । अझै पनि वर्षाको सम्भावना रहेकाले अझै पहिरोको जोखिम भने रहेको छ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया