

अर्घाखाँची राप्ती उपत्यकाभित्रै पर्छ : सांसद आचार्य



असोज २७, अर्घाखाँची ।
लुम्बिनी प्रदेशका सांसद चेतनारायण आचार्यले शितगंगा नगरपालिका वडा नम्बर ८ र ९ पनि राप्ती उपत्यकामा पर्ने भएकाले शङ्का नगर्न आग्रह गर्नुभएको छ ।राजपत्रमा प्रकाशित कुरालाई लिएर अनेक टिप्पणी भइरहेको भन्दै उहाँले प्रदेश राजधानी बन्ने भएपछि कर्णालीको रुपमा चिनिने दक्षिण खाँचीमा विकासको ढोका खोलिएको बताउनुभयो ।
अर्घाखाँची चेम्बर अफ कमर्सले जिल्ला प्रशासन कार्यालय परिसरमा गरेको सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद आचार्यले भौगोलिक विकटतालगायतका कारणले एकीकृत विकास योजना सम्भव नभएका बेला प्रदेश राजधानी आएपछि अब विकासको ढोका खोलिएको बताउनुभयो । देशकै ठूलो नगरपालिका शितगंगा नगरपालिका विकासमा पछि परेको भन्दै सांसद आचार्यले शितगंगा नगरपालिकाका दुई वटा वडा समेटिनुले विकासको ढोका खुलेको तर्क गर्नुभयो ।
ठूलो मेहनतले अर्घाखाँचीका दुई वटा वडा राजधानीमा समावेश गर्न सफल भएको भन्दै उहाँले अब विकास निर्माणमा पनि अग्रगामी छलाङ मार्ने बताउनुभयो ।
शितगंगा नगरपालिका वडा नम्बर ११ र १२ मा ठूलो विपत्ति आइलागेको भन्दै त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल भइरहेको उहाँले बताउनुभयो । प्रदेशका मुख्यमन्त्रीलगायत भूमिसुधार मन्त्रालयमा गएर आफूले कुरा राखेको पनि उहाँले जानकारी दिनुभयो ।


खबर सबै
-
चक्रवातको प्रभाव : कपिलवस्तु सहित लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै







प्रतिक्रिया