

विश्वकप छनोटको प्लेअफमा नेपालले यूएईसँग खेल्ने



काठमाण्डौ –। नेपालले आईसीसी विश्वकप छनोटको ुप्लेअफु मा यूएईसँग खेल्ने भएको छ । जिम्बावेमा भइरहेको समूह चरणको अन्तिम खेलमा यूएई आयरल्यान्डसँग १ सय ३८ रनले पराजित भएपछि ुप्लेअफु मा नेपालसँग खेल्ने भएको छ । खेल जुलाई २ मा हुनेछ ।
मङ्गलवार आइरल्यान्डले दिएको ३ सय ५० रनको विशाल लक्ष्य पछ्याएको यूएई ३९ ओभरमा २ सय ११ रनमा अलआउट भयो । यूएईका कप्तान मुहम्मद वसीमले ४५, सञ्चित शर्माले ४४ र बसिल हमीदले ३९ रन बनाए । बलिङतर्फ आयरल्यान्डका जोशुआ लिटिल, एन्डी म्याक्ब्राइन, जर्ज डाकरेल र कर्टिस क्याम्फेरले २र२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४९ रन बनायो । आयरल्यान्डका पउल स्टर्लिङले १ सय ६२ रन बनाए । यस्तै एन्ड्रियु बलबिर्नेले ६६ र हेरी टेक्टरले ५७ रन बनाए । बलिङतर्फ यूएईका सञ्चित शर्माले ३ विकेट लिए ।
आयरल्यान्डले विश्वकप छनोटमा पहिलो जित निकाल्दा यूएई भने जितविहीन भएको छ । आयरल्यान्ड समूह ुबीु को चौथो र यूएई पाँचौँ स्थानमा रह्यो ।
यस्तै यूएईलाई हराएको आयरल्यान्डले अमेरिकासँग जुन ३० मा ुप्लेअफु खेल्ने छ । यो दुई खेलको विजेताले सातौँ स्थानका लागि खेल्नेछ भने पराजित दुई टोलीले नवौँ स्थानका लागि फेरि अर्को खेल खेल्ने छन् ।
समूह ुएु बाट जिम्बावे शीर्ष, नेदरल्यान्ड्स दोस्रो र वेस्ट इन्डिज तेस्रो स्थानमा रहँदै ुसुपर सिक्सु मा पुगेका छन् । यस्तै समूह ुबीु बाट श्रीलङ्का शीर्ष, स्कटल्यान्ड दोस्रो र ओमान तेस्रो स्थानमा रहँदै ुसुपर सिक्सु मा पुगेका छन् । ुसुपर सिक्सु का शीर्ष दुई टोलीले आउँदो अक्टोबररनोभेम्बरमा भारतमा हुने विश्व कप खेल्न पाउनेछन् ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया