

बाणगंगा ८ मा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा एक सय बढीले सेवा लिए


कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ मा एक दिने निशुल्क स्वस्थ्य शिविर कार्यक्रम सम्पन्न गरिएको छ । सोमबार वडा नम्बर ८ उदयपुर मोर्मी स्थित जनसेवा आधारभूत विद्यालयको प्राङ्गणमा संचालन गरिएको शिविरमा विशेष गरी हाडजोर्नी तथा बाथ रोगको परिक्षण गरिएको थियो ।
बाणगंगा नगरपालिका वडा नम्बर ८ को कार्यालयको सहयोग तथा युनाइटेड बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा संचालन गरिएको शिविरमा युनाइटेड अस्पताल सिद्धिपुरका विशेषज्ञ चिकित्सकको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए ।
कार्यक्रममा वडा सदस्य शैलेन्द्र वेल्वासेले आफ्नो वडा भित्रका हाडजोर्नी तथा बाथ रोगबाट ग्रसित भएका बिरामीका लागि लक्षित गरि यो शिविर संचलान भएको बताउनुभयो । उहाँले आर्थिक रुपले विपन्न वर्गका मानिसहरुलाई सहयोग होस भन्ने उद्धेश्यले युनाइटेड अस्पतालसँगका विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा शिविर संचालन गर्ने गरी सहयोग पनि गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा वडा सदस्य तथा मातिपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष जुनादेवी थारुको अध्यक्षतासहित जनसेवा आधारभूत विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेको स्वागत र मोतिपुर स्वास्थ्य चौकी प्रमुख हिमलाल घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।
उक्त शिविरको उद्घाटन कार्यक्रममा युनाइटेड अस्पतालका निर्देशक सुन्दर आचार्य, डा. समिर खान, लगाएतको आथिथ्यता रहेको थियो । उक्त शिविरमा १०५ जनाले निशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा बिरामीको चेकजाँचसँगै औषधिसमेत प्रदान गरिएको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह







प्रतिक्रिया