

एकदिवसीय विश्व कप छनोट : नेपालले अमेरिकालाई ८ विकेटले हरायो

काठमाण्डाै
आईसीसी एकदिवसीय विश्व कप छनोट प्रतियोगिता अन्तर्गत नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ । अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो।
नेपालका भीम सार्कीले अर्धशतकीय पारी खेल्दै ७७ रन बनाए । त्यस्तै, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान ३९ रन बनाए ।
यसअघि नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ७ रन बनायो । उसका शायन जहंगिरले नटआउट एक सय रन बनाए ।
बलिङतर्फ नेपालका करण केसीले ४, गुल्सन झाले ३, दिपेन्द्रसिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए । पहिलो खेलमा नेपाल जिम्बावेसँग र अमेरिका वेस्ट इन्डिजसँग पराजित भएका थियाे।


खबर सबै
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै






प्रतिक्रिया