

बाणगंगाको नीति तथा कार्यक्रम शनिबार आउँदै, के के छन् प्रथामिकतामा ?





कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले निति तथा कार्यक्रम भोली शनिबार ल्याउने तयारी गरेको छ ।नगरपालिको सबै क्षेत्रलाई समेट्दै आर्थिक बर्ष २०८०÷८१ को निति तथा कार्यक्रम नगरपालिकाले ल्याउन लागेको हो । नगरपालिकाले बिशेष गरेर भौतीक पुर्वाधार, शिक्षा, स्वास्थ्य,कृषि, रोजगारी, पर्यटन तथा खेलकुदका क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याउन लागीएको हो ।
बिशेष गरेर आर्थिक, सामाजिक, बन तथा वातावरण, पुर्वाधार र सस्थांगत सुशासनका बिषयमा केन्द्रित रहेर निति तथा कार्यक्रम आउने बाणगंगा नगरपालिका प्रवक्ता बिष्णु पौडेलले जानकारी दिए ।
नगरपालिकाले भोली असार २ गते शनिबार निति तथा कार्यक्रम र असार ८ गते बजेट ल्याउने नगरपालिकाले जनाएको छ । शनिबार निति तथा कार्यक्रम ल्याउने तयारी गरेको बाणगंगा नगरपालिकाको कार्यपालिकाको बैठक शुक्रबार दिउसो बसेको छ । कार्यपालिका बैठकले भोली नगरसभामा पेश गर्ने निति तथा कार्यक्रमबारे छलफल गरेकोे छ । बैठकमा नगर प्रमुख चक्र अर्याल, उप प्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, वडाध्यक्ष तथा कार्यपालिका सदस्य, शाखा प्रमुख लगायतको बैठकले भोली शनिबार पेश हुने निति तथा कार्यक्रमका बारे आवश्यक छलफल गरेको पाइएको छ । बैठकमा नगर प्रमुख चक्र अर्यालको संयोजक्तवमा बनेको मस्यौदा तयार समितिले पेश गरेको मस्यौदा समेत पारित गरेको छ ।
नगरपालिकाले निति तथा कार्यक्रम भोली शनिबार बिहान ७ बजे पिस हिमालयन रिर्सोटमा आयोजना गरेको प्रवक्ता बिष्णु पौडेलले जानकारी दिए । बैठकमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले समग्र बाणगंगा नगरपालिकाको बर्तमान बिकासको अवस्था , राजनितिक एवम् प्रशासनिक विभाजन, योजनाहरु र कार्यान्वयनको अवस्था आदि विषयवस्तुको बारेमा स्पष्ट पारेका थिए ।
बैठकमा नगर उप प्रमुख रिता कुमारी चौधरीले नगरपालिकाका मूलभुत समस्या एवम् चुनौति, समाधानका उपाय, अवसरका बारेमा बोल्दै संघ, प्रदेश र जिल्ला समन्वय समितिसंग मिलेर गर्न सकिने कामका बारेमा आफनो धारणा राखेकी थिइन ।
बैठकमा नगर प्रमुख चक्र अर्यालले नगरबासीले छाडा पशुचौपया व्यवस्थापन, बसपार्क निर्माण, प्राकृतिक स्रोत साधनको उचित उपयोग, पर्यटकिय स्थलको प्रवर्धन, कृषि, स्वास्थ्य क्षेत्रमा नगरपालिकाले प्राथमिकताका साथ काम गरोस भनने आहाना आफुले राम्रोसगं बुझेको र त्यही अनुसार आफुले योजना बनाएको र ति योजनालाई कार्यन्वयनमा लैजाने बताए ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया