

महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित



काठमाण्डाै
एसीसी महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ टोलीसँग ९ रनले पराजित भएको छ । जितका लागि ८८ रनको सामान्य लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रन मात्रै बनाउन सक्यो । नेपालका कविता कुँवरले २० रन बनाइन् ।
कविता जोशी १५ रनमा अविजित रहिन् । अरुले राम्रो रन बनाउन सकेनन् । त्यसअघि हङकङमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तान १९ ओभर २ बलमा ८७ रन बनाउँदा अलआउट भएको थियो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा हङकङ, भारत र पाकिस्तान रहेका छन् । भारत र पाकिस्तानको ‘ए’ टोली हो ।
नेपाल र हङकङको भने सिनियर टोली नै सहभागी छ । समूह ‘बी’ मा मलेसिया, यूएई, बङ्गलादेश र श्रीलङ्काको ‘ए’ टोली छ । नेपालले अब बिहीवार समूहको दोस्रो खेलमा भारतको ‘ए’ टोलीसँग खेल्नेछ । समूहको अन्तिम खेलमा शनिवार नेपालले आयोजक हङकङसँग खेल्नेछ ।
हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता पनि हो ।


खबर सबै
-
वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु
-
अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु
-
अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित
-
एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
-
लुम्बिनी शीर्ष स्थानमा उक्लियो, पोखरा आठ विकेटले पराजित







प्रतिक्रिया