

विश्व कप छनोट तयारी : नेदरल्यान्ड्ससँगको अभ्यास खेलमा पनि नेपाल पराजित



काठमाण्डाै
आईसीसी एकदिवसीय विश्व कप छनोटको तयारी अन्तर्गत दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित भएको छ । दक्षिण अफ्रिकामा भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय ५७ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले ३६ ओभर एक बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका विस्ली बारेसीले सर्वाधिक ६३ रन बनाए । बलिङतर्फ नेपालका गुल्शन झा र ललित राजवंशीले २/२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि कप्तान रोहित पौडेलले ३० र गुल्शन झाले २४ रन बनाउनुबाहेक अरुले राम्रो राम्रो ब्याटिङ गरेनन् ।
नेदरल्यान्ड्सका लोगन भान विकले ५ विकेट लिए । यसअघि बिहीवार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । अभ्यास खेलपछि नेपाली टोली दक्षिण अफ्रिकाबाटै जिम्बाब्वे जानेछ । जिम्बाब्वेमा हुने विश्व कप छनोट प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बाब्वे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् । असार ३ मा जिम्बाब्वेसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्नेछ ।
दोस्रो खेल असार ५ मा अमेरिकासँग खेल्नेछ । त्यस्तै, तेस्रो खेल वेस्टइन्डिजसँग असार ७ मा हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग असार ९ मा खेल्नेछ । समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई रहेका छन् ।
समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन् । सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा हुने आईसीसी एकदिवसीय विश्व कपमा छनोट हुनेछन् ।
१३ देश सहभागी विश्व कप सुपर लिगको शीर्ष ८ मा रहेका आयोजक देश भारतसहित पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्लादेश, इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान छनोट भइसकेका छन् ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया