

अध्यक्षका छोराले कर्मचारीमाथि हातपात गरेपछि कामकाज नै ठप्प



प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीका छोरा मिलन एमसीले सोही गाउँपालिकाका कर्मचारीमाथि हातपात गरेपछि कर्मचारीहरूले कामकाज ठप्प पारेका छन्।
बुधबार भुक्तानीका लागि स्थानीय २ जना उपभोक्तासहित आएका अध्यक्ष महतराका छोरा मिलनले रोजगार शाखाका सहायक दिपक जीसीलगायतका व्यक्तिमाथि हातपात गरेपछि आफूहरूले नियमित र दैनिक कामकाज बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले जानकारी दिए।
उनका अनुसार रोजगार शाखा सहायकलगायत अन्य कर्मचारीमाथि हातपात भएको छ। कर्मचारीमाथि हातपात भएपछि कर्मचारीहरू प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आएको र कर्मचारीसँगै आएका मिलनले आफूमाथि नै हातपातको प्रयास गरेको प्रमुख प्रशासकीय अधिकृत रिजालले जनाए।
प्रक्रिया नपुगेको योजनालाई एमसीले जबर्जस्ती पास गराउन खाजेको र कर्मचारीले नमानेपछि हातपात गरेको कर्मचारीहरूले बताएका छन्। हातपात गर्ने पालिका अध्यक्षका छोरा मिलन अखिल ९क्रान्तिकारी०का केन्द्रीय उपाध्यक्षसमेत हुन्।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया