

बलात्कारीलाई फाँसीको माग गर्दै भालुवाङमा युवाहरू आन्दोलित

भालुवाङ २६ असोज ।
बलात्कारीलाई फाँसीको माग गर्दै राष्ट्रसेवक युवारू आन्दोलित भएका छन् । शनिबार दाङ सहित ८ जिल्लाका राष्ट्रसेवक युवाहरू एकै दिन एकै समयमा शान्तिपुर्ण ¥याली तथा विरोध सभा गरेका छन् । यसै क्रममा दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा युवाहरूले विभिन्न नारा लगाउँदै बलात्कारीलाई फाँसी दिनुपर्ने माग गरेका छन् । उनीहरुले बलात्कारीलाई फाँसी नदिदा सम्म बलात्कारका घटना अन्त्य नहुने बताएका थिए ।
आशाका किरणहरू नामक संस्थाका अध्यक्ष सुर्यकिरण केसीको अध्यक्षतामा भएको शान्तिपुर्ण ¥याली तथा विरोध सभा कार्यक्रममा बोल्ने युवाहरूले निर्मला पन्त देखि हाल सम्मका बलात्कार घटनामा पिडितहरूले न्याय नपाएको, पिडकलाई राज्यका ठेकेदार तथा आसेपासेहरूले उन्मुक्ति दिने गरेको तथा संरक्षणमा राखेका कारण बलात्कारका घटना दिनहुँ बढीरहेको आरोप लगाएका थिए । साथै उनीहरूले संविधानमा भएको कानुन कार्यन्वयन नहुँदा पनि महिला हिंसाका घटनाहरू बढिरहेको बताएका थिए ।
विरोध सभा कार्यक्रममा समाजिक अगुवा होमप्रसाद शर्मा, ग्लोबल युथ क्लवका अध्यक्ष रमेश कंडेल, उपाध्यक्ष पवित्रा विक, युवा अन्शु बोहरा र पत्रकारहरू ओमप्रकाश गुप्ता , सन्तोषकुमार गुप्ता लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन आशाका किरणहरू नामक संस्थाका उपाध्यक्ष अशोक बेल्वासेले गरेका थिए । कार्यक्रम सुरु हुनु अघि उनीहरुले बलात्कारीलाइृ फाँसी दे, पिडितलाई न्याय दे जस्ता नारा लगाउँदै भालुवाङ पुल्चोक बजार परिक्रम गरि इच्छुक चोकमा कोणसभा गरेका थिए । यस्तै सोही कार्यक्रम एकै दिन दाङको गढवा, घोराही, प्युठान, सुर्खेत, बुटवल, रोल्पा, इटहरी, पोखरा र काठमाण्डौ लगायतका जिल्लामा पनि भएको थियो ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया