

बाणगंगाको बनकट्टीमा प्रथम न्यू बुद्ध कप फुटबलको रौनक

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १० बनकट्टीमा खुल्ला नकआउट फुटबल नाइन ए साइड प्रतियोगिताको आयोजना गरिएको छ । जेठ १३ देखि सुरु भएको प्रथम न्यू बुद्ध कप प्रतियोगितामा कपिलवस्तु र रुपन्देहीका गरी २२ टिमको सहभागिता रहेको छ ।
न्यू बुद्ध स्पोर्ट युवा क्लवको आयोजनासहित बुद्ध सामुदायिक वनको सह आयोजनामा संचालित प्रतियोगितामा मायादेवी साझेदारी वनले प्रथम पुरस्कारको प्रायोजन गरेको छ । यस्तै प्रतियोगितामा इन्द्रराज पन्थी केशवले द्धितीय पुरस्कार सौजन्य गरेका छन् ।
वडा नम्बर १० को बनकट्टी स्थित बाल आधारभूत विद्यालयको प्राङ्गलमा आयोजना गरिएको उक्त प्रतियोगितामा खेलाडीहरुको शारीरिक तन्दुरुस्तिसहित खेल क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष रामचन्द्र थारुले बताए । उनले क्लवले स्थानीय सामुदायिक र साझेदारी वनहरुसँगको सहकार्यमा स्थानीय खेलप्रेमी व्यक्तिहरुको सहयोगले खेलाडीहरुलाई खेल क्षेत्रबाट उनीहरुको क्षमता विकास गराउन पनि प्रतियोगिता आयोजना गरिएको बताए ।
यस्तै प्रतियोगिताका खेल संयोजक रेशम थापाले स्थानीय युवाहरुलाई प्रतियागिताले खेल क्षेत्रमा आफ्नो अब्बल प्रर्दशन गर्न मौका मिलिेको बताए ।
प्रतियोगिता जेठ २५ गते सम्म संचालन हुने बताइएको छ । जारी प्रतियोगिताको बिजेता टोलीले नगद २५ हजार सहति ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ भने द्धितीय हुने टिमले नगद १५ हजार सहित ट्रफि र प्रमाण्पत्र पुरस्कार पाउने छ ।
यसैबिच जारी प्रतियोगिताका बिच क्लवले भेट्रान्स ३० प्लसको समेत प्रतियोगिता अयोजना गरिएको छ ।


खबर सबै
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै







प्रतिक्रिया