

गर्मी बढेपछि बाणगंगा नगरपालिकाले दियो बिदा, ६ दिन विद्यालय बन्द हुने





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले अत्याधिक गर्मी बढेसँगै ६ दिनका लागि बिद्यालयहरु बन्द गर्ने भएको छ । केही दिन यता कपिलवस्तुको तापमान उच्च तहमा पुगेसँगै विद्यालयमा अध्ययनरत बालवालिकाहरुलाई विद्यालय समयमा हुने अध्ययनमा समस्या देखिएपछि नगरपालिकाको शिक्षा शाखाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका शिक्षा शाखा प्रमूख खिमबहादुर जिसीका अनुसार शुक्रबार बिहान बसेको प्रधानाध्यापकहरुको बैठकले आउँदो सोमबार (जेठ २२ गते) देखि आइतबार (जेठ २८ गते) सम्मका लागि ६ दिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन ।
नगरपालिकामा संचालित सामुदायिक र संस्थागत सबैखाले विद्यालयका प्रधानाध्यापकहरुको शुक्रबार बसेको संयुक्त बैठकले नगरको शैक्षिक वर्ष २०८० को क्यालेण्डरमा रहेको गर्मी बिदा आश्यकता अनुसार दिने व्यवस्था भए अनुसार अहिले दैनिक बढिरहेको गर्मीको समयलाई मध्यनजर गरी यो विदाको निर्णय गरेको नगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
उक्त सुचना अनुसार जेठ २९ गते देखि भने विद्यालय नियमित हुने समेत जनाइएको छ । नगरपालिकाले प्रधानाध्यापकहरुको संयुक्त बैठकको यो निर्णयलाई कार्यान्वयन गर्न समेत सबै विद्यालयहरुलाई आग्रह समेत गरेको छ ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया