

विश्वकप क्रिकेट क्वालिफायर तयारीमा सन्दीप नजाने

काठमाडौं
क्रिकेटर सन्दीप लामिछानेको दक्षिण अफ्रिका र जिम्वावेको यात्रामा अन्योलता छाएको छ । उनी विरुद्धको मुद्दामाथि आगामी मंगलबार पनि सुनवाई नभए उनले विदेशमा क्रिकेट खेल्न जान पाउने सम्भावना कम देखिएको छ ।
जिम्बावेमा हुने विश्वकप क्वालिफायरको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टीम मंगलबार बेलुकी दक्षिण अफ्रिकातर्फ प्रस्थान गर्दैछ । तर, टीमका प्रमुख खेलाडी सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने वा नजाने अझै टुंगो लाग्न सकिरहेको छैन ।
जिल्ला अदालतमा विचाराधीन मुद्दामा एकपछि अर्को सुनवाई स्थगित हुँदा सन्दीपको दक्षिण अफ्रिका र जिम्वावे भ्रमण अन्योलमा परेको हो ।
अब मंगलबारको सुनवाई समेत स्थगित भए उनी दक्षिण अफ्रिका नजाने मनस्थितिमा रहेको स्रोतले जनाएको छ ।
विहिबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसँग भएको छलफलमा पनि उनले यस विषयमा आफ्नो गुनासो राखेका थिए ।


खबर सबै
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै






प्रतिक्रिया