

विश्वकप छनोट खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा


जिम्बावेमा आगामी महिना आयोजना हुने विश्वकप छनोटका लागि नेपालले २२ सदस्यीय प्रारम्भिक टीमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुन १८ देखि १९ जुलाई सम्म हुने छनोट प्रतियोगितामा सहभागि हुने खेलाडिको प्रारम्भिक छनोट लिष्ट सार्वजनिक गरेको हो ।
विश्वकप छनोट अघि नेपालले दक्षिण अफ्रिकामा अभ्यास खेल खेल्ने छ । र त्यहाँको प्रशिक्षण पछि नेपाली टोली उतैबाट जिम्बावे जानेछ । नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम ढकाल (मौसम) र अभिनास बोहरा रहेका छन् ।
छनोट खेलमा नेपालसहित १० टीमको सहभागिता रहने छ । गत चैतमा सम्पन्न लिग २ शृङ्खलाको शीर्ष तीनमा अटाउँदै नेपालले सोझै विश्वकप छनोटमा स्थान बनाएको हो ।
छनोट प्रतियोगितामा घरेलु टोली जिम्बाबेसहित वेष्ट इन्डिज, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, नेपाल, अमेरिका र युएईले प्रतिस्पर्धा गर्नेछन् । सहभागी १० टोलीलाई दुई समूहमा विधाजन गरिनेछ र लिग चरणको खेलपछि दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै







प्रतिक्रिया