
शेयर बजार ८ महिनायताकै तल्लो विन्दुमा झर्याे, आज १७ अङ्कले घट्याे

काठमाण्डाै
शेयर बजार झन्डै आठ महिनायताकै तल्लो विन्दुमा झरेको छ । गएको असोज ९ गते शेयर बजार परिसूचक नेप्से एक हजार आठ सय १५ विन्दुमा झरेको थियो, त्यसपछि नेप्से एक हजार आठ सय ३० विन्दुभन्दा तल झरेको थिएन । तर आज आइतवार नेप्से १६ दशमलव ९५ अङ्कले घटेर एक हजार आठ सय २१ दशमलव ६५ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर ओरालो लागेको छ । दुई सय ६३ वटा कम्पनीकाे २७ लाख ८८ हजार कित्ता शेयर ९० करोड रुपैयाँमा कारोबार भएका छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको पाँच करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्तको शेयर छ प्रतिशतभन्दा धेरै तथा दोर्दी हाइड्रो र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया