

बाणगंगामा गाउँघरमै शिविरमार्फत बिरामी पहिचान अभियान





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा मधुमेह र उच्च रक्तचापका विरामीको पहिचान गर्न वडावडामा शिविर सुरु भएको छ । गाउँघरमै बिरामीको पहिचान गरि नगरको आगामी आर्थिक बर्षमा उनीहरुलाई समेट्ने उद्देश्यसहित शिविर सुरु भएको हो ।
नगर प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल, वडाध्यक्ष लगायतका जनप्रतिनिधिको सहभागितामा ५० बर्षमाथिका व्यक्तिहरुको नसर्ने रोग मधुमेह र उच्च रक्तचाप परिक्षण तथा स्कृनिङ्ग शिविर सुरु भएको नगरपालिकाका स्वास्थ्य प्रमुख ठगराज पौडेलले जानकारी दिए ।
शिविरको उद्घाटन बुधबार वडा नम्बर १, ५ र ११ मा भएको हो । बुधबार मात्र ३ सय ४७ जना ५० बर्षमाथिका व्यक्तिहरुको नसर्ने रोग मधुमेह र उच्च रक्तचाप परिक्षण गरिएको स्वास्थ्य प्रमुख पौडेलले बताए । उनका अनुसार परिक्षण गर्दा मधुमेह र उच्च रक्तचापका विरामी भेटिए उनीहरुलाई आवश्यक परामर्शसहित औषधीको व्यवस्था मिलाईएको छ ।
बाणगंगा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सुरु भएको यस शिविर जेठ १५ गतेसम्म चल्ने छ । सो अवधिमा करिब ४ हजार जनाको परिक्षण गर्ने लक्ष्य रहेको स्वास्थ्य प्रमुख पौडेलले बताए ।
नगरप्रमुख चक्रपाणी अर्यालले नगरवासीको स्वास्थ्यलाई मध्येनजर गरि शिविर सुरु गरिएको बताउँदै स्वास्थ्य नै मानिसको धन भएको बताए । प्रतिकुल स्वास्थ्यकै कारण मानिसलाई सक्षमबाट असक्षम तुल्याउने उनको भनाई छ । ‘हामीले खाने फलफुल, तरकारी तथा अन्य वस्तुहरु विषादीयुक्त छन् । जसले हाम्रो शरिरको सन्तुलन विगारिदिएको छ । यसप्रति सबै सचेत हुनुपर्छ । मानिसको धन भनेकै स्वास्थ्य हो,’उनले भने । बाणगंगा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ हेरेको उनले दाबी गरे । उनले भविष्य नसोचि स्वास्थ्य ख्याल नगरेर लापरबाही गर्दा त्यसको परिणाम नकारात्मक आउने गरेको बताए ।
उपमेयर रिता कुमारी चौधरीले उच्च रक्तचापका कारण मुटु, मृगौला जस्ता महत्वपुर्ण अंगहरुमा गम्भिर असर गर्ने बताउँदै विभिन्न घातक रोगको सिकार हुनुभन्दा पहिलै सचेत हुनुपर्ने बताईन् । उनले पछिल्लो समय बाणगंगामा मृगौला र क्यान्सरको अवस्था विकराल बन्दै गएको भन्दै चिन्ता व्यक्त गरिन् । ‘प्रत्येक दिन ४÷५ जनाको पालिकाबाट सिफारिस गर्दै आएका छौं । यसरी त भविष्यमा मृगौला र क्यान्सर पिडित नभएको घर हुदैन्,’ उनले भनिन् । पिपरा अस्पताललाई अबको एक बर्षभित्र सबै सेवासहितको अस्पताल बनाउने गरि काम भईरहेको उनले दाबी गरिन् । ५ जना सदस्य भएको एउटा परिवारले एक बर्षमा १ लाख रुपैयाँसम्मको उपचार खर्च प्राप्त गर्ने जानकारी दिदैं उपप्रमुख चौधरीले सम्पुर्ण नगरवासीलाई स्वास्थ्य विमामा आवद्ध हुन अपिल समेत गरिन् ।
वडाध्यक्ष दुनिका प्रसाद भुसालले वडाले स्वास्थ्य क्षेत्रमा निर्धारण गरेका लक्ष्य प्राप्तिमा कोपवा स्वास्थ्य चौकीले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरे । हरेक अभिभावकले आफ्ना सन्तानलाई धेरै पैसा कमाउन भन्दा निरोगी बन्न सिकाउनु पर्ने उनको भनाई छ । राज्यले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको बताउँदै उनले व्यक्ति स्वयम् स्वास्थ्यप्रति सचेत हुन आवश्यक रहेको बताए । समाचार स्रोत : सागर वि.क ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया