
अर्घाखाँचीमा आगलागीमा जलेर घाइते भएका ४ जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका २ मा मंगलबार भएको आगलाीबाट गम्भिर घाइते भएका चार जनाको उपचारका क्रममा ज्यान गएको छ । वडा नम्बर २ स्थित तिरतिरे खोला किनारको जंगलमा मंगलबार लागेको आगो गाउँमा पसेर घरमा आगलागी हुँदा आगो निभाउने क्रममा सख्त घाइते भएका ५ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा ५५ वर्षीय पदम बेल्वासे, ७२ वर्षीय पिताम्बर बेल्वासे, ३६ वर्षीय माधव बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासे रहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कृष्णप्रसाद घिमिरेले बताए । आगलागीमा परि घाइते भएकी २६ वर्षीया अस्मिता बेल्वासेको पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको छ ।
जंगलमा लागेको आगो बस्ती पस्ने क्रममा पदम बेल्वासेको घरमा सल्केको थियो । घरमा आगलागी भएपछि निभाउने क्रममा ५ जना आगोले डढेर सख्त घाइते भएपछि अर्घाखाँची अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि पाल्पा लगिएको थियो ।
पाल्पामा पनि उनीहरुको उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा गएराति नै मृत्यु भएको घिमिरेले बताए । थप उपचारका लागि काठमाडौंको कीर्तिपुर अस्पतालमा लगिएका माधव र घनश्यामको बुधबार (आज) बिहान ७ बजेतिर काठमाडौंमा निधन भएको उनले बताए ।
जंगलमा कोही व्यक्तिले आगो लगाएको हुन सक्ने आशंका गर्दै प्रहरीले आलो लगाउने व्यक्तिको खोजी गरिरहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया