

बाणगंगा ९ मा दुई मोटरसाइकल ठोक्किए, दुई जना घाइते



कपिलवस्तु । कपिलवस्तुको बाणग्ांगा नगरपालिकामा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित बनगाई– डोहोटे सडक खण्डमा मंगलबार साँझ करिब ७ बजेको समयमा भएको उक्त दुर्घटनामा परि वडा नम्बर ९ कै दुई पुरुष घाइते भएको प्रहरीले जनाएको छ ।
बनगाईबाट जिनुवा तर्फ गइरहेको लु १९ प ४३७७ नम्बरको मोटरसाइकल र जिनुवाबाट बनगाई तर्फ जाँदै गरेको लु ९१ प ३२३३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा वडा नम्बर ९ बस्ने वर्ष ४६ को लाल मोहन गुप्ता र सोही स्थानको वर्ष २१ को आशिष पाण्डे घाइते भएका हुन । घाईतेहरु मध्ये पाण्डेको अवस्था सामान्य रहेको जनाइएको छ भने गुप्तालाई थप उपचारका लागि वुटवल पठाइएको परिवारजनले जनाएका छन् ।
यस्तै लु ९१ प ३२३३ नम्बरको मोटरसाइकलमा सवार वडा नम्बर ९ भर्तापुरका गणेश पौडेल भने सामान्य छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया