
यस वर्ष आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने प्रक्षेपण

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०७९र८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै कार्यालयले २०७९र८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने प्रक्षेपण गरेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिए पनि ५.८४ प्रतिशतले लक्ष्य पूरा नभई २.१६ प्रतिशतमा नै सीमित हुने तथ्यांक कार्यालयले अनुमान गरेको हो ।
गत आर्थिक वर्ष २०७८र७९ मा ५.२६ हुने संशोधित प्रक्षेपण रहेको थियो । उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ । तथ्याङ्क कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले २०७९र८० मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने प्रारभिक अनुमान रहेको जानकारी दिए ।
नेपालको अर्थतन्त्रको आकार २०७९र८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान रहेको भण्डारीको भनाइ छ । चालु आर्थिक वर्षको आर्थिक वृद्धिको अनुमान एसियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमानभन्दा कम रहेको उनको भनाइ छ ।
तथ्याङ्क बनाउँदा चालु आर्थिक वर्षको तीन महिना मुलुकको अर्थतन्त्र सामान्य रूपमा चल्ने र अर्थतन्त्रमा कुनै अप्ठ्यारो नबनाउने किसिमले तयार पारिएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा जीडीपीको उपभोक्ता मूल्यमा १।९ प्रतिशत रहने अनुमान रहेको उनको भनाइ छ ।
अघिल्लो आर्थिक वर्षमा ५.८ प्रतिशतले जीडीपी वृद्धि हुने अनुमान गरिएको भए पनि यस वर्ष ५.६ प्रतिशतको प्रक्षेपण गरिएको उनको भनाइ छ । कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा २.७ प्रतिशत र गैरकृषि क्षेत्रको १.९ प्रतिशत हुने अनुमान गरेको छ । अन्य वर्षहरूको भन्दा यो वर्ष गैरकृषि भन्दा कृषि क्षेत्रको वृद्धिदर बढेको छ ।
प्रमुख तीन क्षेत्र कृषि, निर्माण र सेवा क्षेत्रमा आर्थिक गतिविधि कम भएको कारण आर्थिक वृद्धिदर घट्ने अनुमान गरिएको भण्डारीको भनाइ छ । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको आर्थिक वृद्धिदर २.७ प्रतिशत, निर्माण क्षेत्रको ०.६ प्रतिशत र सेवा क्षेत्रको २।३ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको उनले बताए ।
चालु आर्थिक वर्षमा सेवा क्षेत्रले जीडीपीमा ६२.४ प्रतिशत, कृषि क्षेत्रको २४.६ प्रतिशत र उद्योग क्षेत्रको ५.३२ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा चालु मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ८० खर्ब ९० अर्ब ६७ करोड रहने अनुमान रहेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया