

यी हुन् औलोका लक्षण र बच्ने उपाय





काठमाडौं
लामखुट्टेका माध्यमबाट सर्ने औलो सरुवा रोग हो । ‘एनोफिलस’ जातको पोथी लामखुट्टेले मानिसलाई टोकेमा यो लाग्ने गर्छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन भन्छन्, “औलो सामान्य र कडा लक्षणसहितका हुन सक्छन् । औलो संक्रमण भएको सातदेखि ३० दिनसम्म औलोको लक्षण देखिन सक्छ ।”
उनका अनुसार सामान्यतया ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लक्षण देखिन्छ । लक्षण देखिएका व्यक्तिले तत्काल स्वास्थ्य परीक्षण गराउन उनको सुझाव छ ।
फाल्सिफारमका लागि औलोविरुद्ध औषधिको प्रयोगबाट औलोको उपचार गरिन्छ । गर्मी र वर्षायाममा लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकको सुझाव छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि लामखुट्टेको टोकाइबाट बच्नु नै औलो (मलेरिया) रोकथामको उत्तम उपाय भएको जनाएको छ ।
औलोका लक्षण तथा चिह्न–
१. थकाइ लाग्नु
२. वाकवाकी लाग्नु
३. टाउको दुख्नु
४. अत्यधिक जाडो हुनु
५. जिउ दुख्नु
६. ज्वरो आउनु
७. बान्ता हुनु
औलोको संक्रमणबाट बच्ने उपाय–
१. सधैँ झुल टाँगेर सुत्ने
२. खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउने
३. घरको झ्यालढोकामा जाली हाल्ने
४. सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने ।



खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया