

एकदिवसीय क्रिकेटमा सन्दिपको विश्व रेकर्ड राख्दै इतिहास रचे





त्रिवि क्रिकेट मैदानमा जारी एसीसी मेन्स प्रिमियर कप अन्तर्गत ओमानविरुद्ध एक विकेट लिएसँगै सन्दीपले इतिहास रचेका हुन्।
ओमानका लागि १३ रन बनाएका अदील शफिकलाई १३औं ओभरमा एलबीडब्लू आउट गरेसँगै सन्दीपले एक सय विकेटको कोशेढुङ्गा पार गरे।
सन्दीपले ४२औं एकदिवसीयमा एक सय विकेट पूरा गरेका छन्। यसअघि यो कीर्तिमान अफगानिस्तानका बलर रसिद खानको नाममा थियो। रसिदले ४४ खेलमा एक सय विकेट लिएर कीर्तिमान राखेका थिए। सन् २०१५ मा जिम्बाब्वेको हरारेमा भएको वेस्ट इन्डिजविरुद्धको खेलमा रसिदले त्यो कीर्तिमान बनाएका थिए।
तेस्रो स्थानमा अस्ट्रेलियन बलर मिचेल स्टार्क छन्। स्टार्कले सन् २०१० मा ५२ खेलमा १०० विकेटको कोशेढुङ्गा पार गरेका थिए।
सन्दीपले सन् २०१८ को अगस्ट १ मा नेदरल्यान्ड्सविरुद्ध नेपाली राष्ट्रिय टिमबाट एकदिवसीयमा डेब्यू गरेका थिए। नेदरल्यान्ड्सको आम्सटेलभिनस्थित भीआरए मैदानमा भएको त्यो खेलमा सन्दीपले १० ओभरमा ४२ रन खर्चिएर एक विकेट लिएका थिए।
सन्दीपको एकदिवसीयमा उत्कृष्ट बलिङ फिगर ६÷१६ को छ। त्रिवि क्रिकेट मैदानमै अमेरिकाविरुद्ध ६ ओभरमा १६ रन खर्चेर एक मेडनसहित सर्वाधिक ६ विकेट लिएका थिए।
सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा तीन पटक पाँच विकेट लिएका छन्। सोमबार पीएनजीलाई ९ विकेटले हराउँदा सन्दीपले १० ओभरमा २५ रन खर्चेर पाँच विकेट लिएका थिए। त्यसअघि सन् २०२० को फेब्रुअरीमा अमेरिकाविरुद्ध ६ विकेट लिएका थिए।
सन्दीपले पहिलो पटक सन् २०१८ मा केन्याविरुद्धको खेलमा पनि पाँच विकेट लिएका थिए।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया