

देशका पाँच पालिकामा मात्रै पुगेन ‘स्वास्थ्य बीमा’



काठमाण्डौ । शनिबार सातौँ स्वास्थ्य बीमा दिवस मनाइएको छ । ‘तपाईँको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ दिवस मनाइरहेका बेला नेपालका अधिकाशं पालिकामा कार्यक्रम विस्तार भएको छ । अब देशका पाँच पालिकामा मात्रै यो कार्यक्रम लागु हुन बाँकी छ ।
नेपालमा २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । अहिलेसम्म स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लाका गरी ७ सय ४८ वटा पालिकामा विस्तार भएको छ । दुई महानगरपालिका काठमाण्डौ र ललितपुर तथा काठमाण्डौका तीन वटा नगरपालिका कीर्तिपुर, बूढानीलकण्ठ र नार्गाजुनमा सेवा विस्तार हुन बाँकी छ । बाँकी ५ वटा नगरपालिकामा पनि यसै वर्षभित्र सेवा विस्तार गर्ने तयारी रहेको बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले जानकारी दिए । उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म झन्डै ६५ लाख नागरिक सहभागी भएका छन् । ती मध्ये झण्डै २८ लाख, ९३ हजारले बीमामार्फत् स्वास्थ्य सेवा लिएका छन् ।
बीमा नवीकरण गर्नेहरु ७० प्रतिशत रहेका छन् । देशभरका ४ सय ५६ स्वास्थ्य संस्थाबाट बीमाबापत प्राप्त गर्ने सेवा उपलब्ध छ । स्वास्थ्य बीमा कार्यक्रमबाट ७ वर्षमा ३३ अर्ब रुपैयाँ स्वास्थ्य उपचारमा खर्च भएको छ । सरकारको अनुदान र नागरिकको बीमाबाट उठेको रकमबाट भुक्तानी हुँदै आएको बोर्डका कार्यकारी निर्देशक बसौलाले बताए ।
स्वास्थ्य बीमा कार्यक्रमबाट बीमितलाई न्यूनतम योगदान रकमका आधारमा सुविधा व्यवस्था छ । बीमा कार्यक्रममार्फत् पाँच जनासम्मको परिवारको तीन हजार पाँच सय रुपैयाँ बुझाएपछि त्यस घरमा रहेका सदस्यले वर्षभरीमा एक लाख रुपैयाँ बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ ।
पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले थप दुई सय रुपैयाँ बुझाउनु पर्छ । सातौँ स्वास्थ्य बीमा दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महतलगायतले शुभकामना व्यक्त गरी सेवा विस्तार र थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन ।


खबर सबै
-
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे
-
बाणगंगामा जुवाको खालमा प्रहरीको छापा, ११ जना रंगेहात पक्राउ
-
वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु
-
अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित







प्रतिक्रिया