आँखाको समस्या छ ? कपिलधाममा आयोजना हुँदै छ निःशूल्क शिविर

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा आउँदो शनिबार निशुल्का आँखा शिविरको आयोजना गरिने भएको छ । नगरपालिकाको वडा नम्बर ९ स्थित कपिल आरोग्य मन्दिर कपिलधाममा आउँदो शनिबार निशुल्क आखाँको शिविर आयोजना गर्न लागिएको धामका अध्यक्ष शंकर प्रसाद आचार्यले जानकारी दिनुभयो ।
विशेष गरी आँखाको समस्या सहित जीवन विताइरहेका नागरिकहरुलाई लक्षित गरी निशुल्क आँखाको जाँच सहित मोतियाविन्दुको समस्य भएका बिरामीहरुलाई चेकजाँच गरी अप्रेसन गर्न पनि उपचार सेवा प्रदान गर्ने कार्यक्रमको उद्देश्य रहेको अध्यक्ष आचार्यले बताउनुभयो ।
उक्त शिविरमा बाणगंगा नगरपालिका वडा नम्बर ७, ८ र ९ का आँखाको समस्या भएका बिरामीहरुले स्वास्थ्य सेवा लिन पाउँने छन । आँखा रोग विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा शिवरको आयोजना गरिने बताइएको छ । धामका अध्यक्ष आचार्यले आँखा सम्बन्धी रोगहरु विशेष गरी मोतियाविन्दुको अप्रेसन समेत गर्ने सुविधा प्रदान गरिएको भन्दै निशुल्क शिविरबाट उपचार सेवा लिन पनि आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

खबर सबै