

साफ यू-१७ मा रसियासँग हार्यो नेपाल


काठमाण्डौँ
साफ यू-१७ महिला च्याम्पियनसिप २०२३ मा नेपाललाई रसियाले पराजित गरेको छ। बंगलादेशमा भइरहेको प्रतियोगितामा नेपाललाई आइतबार रसियाले ३-० गोलले पराजित गरेको हो।
प्रतियोगितामा नेपालको यो दोस्रो हार हो। पहिलो खेलमा नेपाललाई भारतले ४-१ ले हराएको थियो। दोस्रो खेलमा भने नेपालले भुटानलाई ५-० गोलले पराजित गरेको थियो।
प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, नेपाल, भारत र आमन्त्रितको रूपमा रसिया सहभागी छन्। नेपालले अन्तिम खेल मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टिम च्याम्पियन हुनेछ। अहिलेसम्म रसिया तीनै खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ। भारत र बंगलादेशले भने दुई दुई खेलमा जित हात पारेका छन्।


खबर सबै
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश






प्रतिक्रिया