

सासू–ससुरालाई सम्मान गर्ने ‘माने पर्व’



हुम्ला, हाम्रो समाजमा सम्मानका आआफ्नै शैली छन्। कही सासू–ससुराबाट ज्वाइँचेलाले सम्मान पाउँछन् त कतै ज्वाइँचेलाले सासू–ससुरालाई सम्मान गर्नुपर्छ। हुम्लाको सिमकोटको बरगाउँमा ज्वाइँले सासू–ससुरा मात्र होइन, जेठानलगायतलाई सम्मान गर्नुपर्ने परम्परा छ। सिमकोट गाउँपालिका–३ को बरगाउँको माने पर्वमा छोरीज्वाइँले परम्परागत मान्यताअनुसार आफ्नो जीवनकालमा एक पटक आफन्तलाई सम्मान गर्नैपर्ने हुन्छ।
सिमकोट गाउँपालिकाका पूर्वअध्यक्ष पदमबहादुर लामाले मान्यताअनुसार बरगाउँको मानेका प्रत्येक घरका छोरीज्वाइँले आफ्नो जीवनकालमा एक पटक सासू–ससुरा, जेठान, काका–काकी, हजुरआमालाई सम्मान गर्दै आएको बताउनुभयो। सम्मानस्वरूप कपडा वा रातो काम्लो ओढाएर मिठा परिकार खुवाएर सम्मान गर्नुपर्ने उहाँले बताउनुभयो। सक्नेले आफ्नो आर्थिक अवस्थाअनुसार सम्मानमा खर्च गर्छन्। जसमा दुईदेखि पाँच लाख रुपियाँसम्म खर्च हुने उहाँको अनुमान छ। यस गाउँका छोरीचेलीले अनिवार्य रूपमा सम्मान गर्नैपर्ने नियमजस्तै रहेको उहाँको भनाइ छ।
एकातिर बरगाउँको माने सम्मान गर्ने पर्वका रूपमा हेरिन्छ भने अर्कोतर्फ यो पर्वका अवसरमा पाँच जना महिलाले अप्सरा नाच पनि नाच्छन्। हिउँद महिना गएको र चैत महिना लागेकाले अप्सरा नाच नाचेपछि चिसो हट्ने जनविश्वास रहँदै आएको छ। जसले गर्दा किसानलाई खेतीपाती गर्न सहज हुने मान्यता छ। यस पर्वमा महिला र पुरुषले पाँच किसिमका छुट्टछुट्टै नृत्य गर्छन्। पुरुषले ढाल–तरबार लिएर नाचेपछि गाउँमा आउने भूतप्रेत हट्ने विश्वास पनि गरिन्छ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया