

अफगानिस्तानमा छात्राहरुको उच्च शिक्षाका लागि विद्यालय खोल्न तालिबानसँग अभिभावकको आग्रह


एजेन्सी
अफगानिस्तानका अभिभावकले छात्राहरुको उच्च शिक्षाका लागि विद्यालय खोल्न तालिबानसँग आग्रह गरेका छन् । अफगानिस्तानमा गएको ५ सय ४४ दिनदेखि छात्राहरु पढ्ने विद्यालय बन्द छ ।
विद्यालय बन्द हुँदा उनीहरुमा नकारात्मक असर पर्न थालेको अभिभावकले बताएका छन् । कतिपयलाई मानसिक समस्यासमेत देखिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अफगानिस्तानमा मार्च महिनादेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ । नयाँ शैक्षिक सत्रमा विद्यालय खोल्न अभिभावकले माग गरेका हुन् ।
कक्षा ६ भन्दा माथिको विद्यालय बन्द भएकाले खुलाउन आग्रह गरिएको हो । तालिबानले सत्ता सम्हाल्न थालेपछि छात्रालाई कक्षा ६ भन्दा माथिको अध्ययनमा प्रतिबन्ध लगाएको छ । गएको वर्षदेखि महिला तथा किशोरीलाई विश्वविद्यालय जान र गैरसरकारी संस्थामा काम गर्न समेत तालिबानले रोक लगाएको छ ।
यस्तै, महिलालाई जिम जान र पुरुषको साथविना घर बाहिर निस्कन समेत रोक लगाएको छ । सन् २०२१ को अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि महिला र बालिकामाथि ज्यादती बढेको भन्दै आलोचना भइरहेको छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया