

नेपाल फार्मेसी संघ कपिलवस्तुको अध्यक्षमा शर्मा



हरि आचार्य, कपिलवस्तु । नेपाल फार्मेसी संघ जिल्ला कार्य समिति कपिलवस्तुको अध्यक्षमा रमेश शर्मा निर्वाचित भएका छन् । नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेशको सहजिकरण भएको जिल्लाको प्रथम भेलाबाट अध्यक्षको जिम्मेवारी सर्वसम्मत रुपमा शर्मालाई दिएको हो । पिस हिमालया रिसोर्टमा सम्पन्न प्रथम जिल्ला भेलाले जिल्लाको नेतृत्व शर्मालाई दिएसंगै १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा निरज केसी, सुशिल द्धिवेदी, महासचिवमा डा.विक्रम घिमिरे, सचिवमा विरेन्द्र प्रसाद गुप्ता र बिमला जिसी, कोषाध्यक्षमा बाबुराम अधिकारी, सह कोषाध्यक्षमा अम्बिका केसी सर्वसम्मत रुपमा चयन भएका छन् भने सदस्यहरुमा ईस्तीकर अमजद खाँन, सरीता पौडेल, शंकर मरासिनी, नवराज पौडेल, विष्णु थापा, पुजा थारु र रजनिश पाण्डे चयन भएका छन् । निर्वाचन मण्डलमा खेमराज तिवारी, समेन्द्र प्रसाद यादव र मोतिलाल खनाल रहेका थिए ।
नयाँ कार्यसमितिका अध्यक्ष शर्माले अध्यक्षको जिम्मेवारी प्रदान गर्न सहयोग गर्ने निर्वाचन मण्डल, पुर्व कार्यसमिति, सम्पुर्ण सदस्यहरुलाई आभार एवम् कृतज्ञता व्यक्त गरे । उनले सबैलाई समावेश गरि संस्थालाई दु्रत गतिमा अगाडि बढाउने प्रतिवद्धता जनाउदै सबैको साथ र सहयोगको अपेक्षा गरे ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल फार्मेसी संघ केन्द्रिय अध्यक्ष अमृत खनालले नयाँ कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई कुशलता पुर्वक अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले हरेक संघ, संस्था तथा नागरिकहरुसंग समन्वय गर्दै सेवाभावले काम गर्न पनि आह्वान गरे ।
त्यस्तै कार्यक्रमका अध्यक्ष संस्थाका लुम्बिनी प्रदेश अध्यक्ष गोविन्द तिवारीले कार्यक्रम सफलतापुर्वक सम्पन्न गराउनका लागि सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिंदै नयाँ कार्यसमितिलाई बधाई दिएका थिए ।
नेपाल औषधी व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष डा.धर्मराज भट्राई, नेपाल फार्मेसी संघ केन्द्रि उपाध्यक्ष किरण ढकालको विशिष्ठ आतिथ्यता, विरेन्द्र प्रसाद यादवको स्वागत मन्तब्य तथा लुम्बिनी प्रदेशका महासचिव समेन्द्र प्रसाद यादव र अम्बिका केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


खबर सबै
-
आज भाइटीका, उत्तम साइत बिहान ११ः०७ बजे
-
बाणगंगामा जुवाको खालमा प्रहरीको छापा, ११ जना रंगेहात पक्राउ
-
वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु
-
अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित







प्रतिक्रिया