

लुम्बिनीमा भेटिवपात एक करोड ३ लाख संकलन



लुम्बिनी
बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवि मन्दिरमा दानवापत १ करोड ३ लाख ७ हजार रुपैयाँ उठेको छ । बुधबार सकिएको गणनामा यो पटक कोभिडपछि धेरै रकम भेटि वापत संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।
आईतबार कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा दानपत्रको रकम गणना शुरु गरिएको थियो । आईतबार ११ लाख ८२ हजार, सोमबार ३६ लाख २८ हजार मंगलबार ३२ लाख ५० हजार, बुधबार २२ लाख ४७ हजार रुपैयाँ संकलन भएको राजस्व शाखाका विकास लामाले जानकारी दिए । फागुन २८ गतेदेखि बुधबारसम्म चार दिनसम्म लगातार ४० जना गणकबाट संकलित रकम गणना गरिएको थियो ।
अघिल्लो पटक मंसिर २८ देखि पुस १ गतेसम्म चार दिन लगाएर दानपत्र खोलिएको थियो । अहिले विदेशी पर्यटकहरुको संख्या बढेकाले पनि दानवापतको रकम बृद्धि भएको कोषले जनाएको छ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया