


वाग्मती प्रदेश सरकारले गर्यो धुर्मस–सुन्तली फाउण्डेशनलाई ३ करोड सहयोग



ई–साझाकुरा, असोज २१
वाग्मती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेशनलाई तीन करोड रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा एक कार्यक्रमका बीच बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई तीन करोड रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले धुर्मुस सुन्तलीले उत्साहका साथ गरेको कामको प्रशंसा गर्नुभयो । रङ्गशाला निर्माण तीव्र गतिमा भइरहेको भन्दै उहाँले खुसीसमेत व्यक्त गर्नुभएको छ । साथै उहाँले रङ्गशाला निर्माण परियोजना छिटो सक्न शुभकामना दिनुभयो ।
सरकारले सहयोग जारी राख्ने बताउँदै पौडेलले भन्नुभयो, ‘आगामी वर्षलाई पनि सरकार छ भन्ने सम्झनू ।’
फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले सहयोग रकम बुझ्दै यो खुसीको दिन भएको प्रतिक्रिया दिए । सरकारले सहयोग गर्छ भन्ने अपेक्षा रहेको भन्दै जग्गा दिएर सुरु गरेको र अहिले रकम सहयोग गरेकोमा धन्यवाद दिए ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया