

‘ए’ डिभिजन लिग : दोस्रो चरणका खेल आजदेखि, दुई वटा खेल हुँदै

काठमाण्डाै
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजदेखि दोस्रो चरणका खेल सुरु हुँदैछन् । आज हुने दुईवटा खेलमध्ये एउटा खेल एन्फा कम्प्लेक्स सातदोबाटो र एउटा खेल च्यासल मैदानमा हुनेछ ।
एन्फा कम्प्लेक्समा दिउँसो साढे दुई बजे सुरु हुने खेलमा चर्च ब्वाइज युनाइटेड र एफसी खुमलटार खेल्नेछन् । चर्च ब्वाइजले पहिलो खेलमा चर्चले पुलिस क्लबलाई हराएको थियो । यस्तै खुमलटारले पहिलो खेलमा फ्रेन्ड्सलाई हराएको थियो ।
यस्तै दिउँसो साढे दुई बजे नै च्यासल मैदानमा हुने खेलमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्सले पहिलो खेलमा खुमलटारसँग हार ब्यहोरेको थियो । थ्री स्टार एपीएफ क्लबसँग पराजित भएको थियो । यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ ।
यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।


खबर सबै
-
विश्वकप २०२६ को अन्तिम १६ को समीकरण पूरा
-
विष्णु पौडेल पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै






प्रतिक्रिया