

यूएईलाई ७ रनले पराजित गर्दै नेपाल यू–१९ विश्वकपमा छनोट





काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले घरेलु टाेली यूएईलाई हराएकाे छ । नेपालले यूएईलाई ७ रनले हराएकाे हाे । याे जितसँगै नेपाल १९ वर्षमुनिकाे विश्व कपमा पुगेकाे छ । नेपाल ८ वर्षपछि विश्व कपमा पुगेकाे हाे । यसअघि सन् २०१६ मा नेपालले उमेर समूहकाे विश्व कप खेलेकाे थियाे ।
नेपालले दिएकाे १ सय ९२ रनकाे लक्ष्य पछ्याएकाे यूएई ४८ ओभरमा १ सय ८४ रनमा अलआउट भयाे । यूएईका लागि इथान कार्ल डिसुजाले ५०, आर्यन सक्सेनाले ३४ र आर्यन शर्माले ३२ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले ‘ह्याट्रिक’ सहित ५ विकेट लिए ।
यसअघि आजमानमा रहेकाे इडेन गार्डेन्समा टस हारेर ब्याटिङ गरेकाे नेपालले ४८ ओभर ५ बलमा १ सय ९१ रनमा अलआएट भयाे । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ५१ रन बनाए । यस्तै विशाल विक्रम केसीले ३८ र उत्तम रङ्गु थापा मगरले ३६ रन बनाए । बलिङतर्फ यूएईका ध्रुव पराशरले ३ तथा हरित हरि शेट्टी र आयन आफजल खानले २/२ विकेट लिए ।
नेपालले पहिलाे खेलमा सिङ्गापुरलाई ९६, दाेस्राे खेलमा कुवेतलाई २ सय ४३, तेस्राे खेलमा हङकङलाई ९ विकेट र चाैथाे खेलमा मलेसियालाई १० विकेटले हराएको थियो ।
१९ वर्षमुनिकाे विश्व कप सन् २०२४ मा श्रीलङ्कामा हुँदैछ ।


खबर सबै
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार











प्रतिक्रिया